२०८० असोज १७ गते बुधवार

तुलसीपुर मेट्रो अस्पताललाई डीपफ्रिज सहयोग



१ जेठ,दाङ-तुलसीपुर चेम्बर अफ कमर्सको पहलमा मेट्रो अस्पताल तुलसीपुरलाई दुई वटा डीपफ्रिज सहयोग गरिएको छ । चेम्बरका महासचिव प्रेम प्रकाश गिरीको पहलमा ग्रास रुट म्यानेजमेन्ट नेपालले करिब एक लाख बराबरको दुईवटा डीपफ्रिज उपलब्ध गराएको हो ।

हाल कोरोना अस्पतालका रुपमा संचालित मेट्रो अस्पताललाई ल्याव संचालनका लागि अति नै आवश्यक परेकाले फ्रिज उपलब्ध गराएको महासचिव गिरीले बताउनुभयो । ग्रास रुट म्यानेजमेन्टले उपलब्ध गराएका फ्रिज शनिबार तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तर गरिएको छ ।

कोरोना महामारीमा ल्याबकालागि महत्वपूर्ण मानिएको डीपफ्रिज सहयोग गर्ने ग्रास रुट म्यानेजमेन्ट र पहल गर्ने चेम्बर अफ कमर्सलाई नगर प्रमुख पाण्डेले धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्