२०७८ असार ९ गते बुधवार

परिवर्तन गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण,अवस्था सामान्य



१ जेठ,घोराही – कोरोनाका कारण रोल्पामा पनि बिरामी बढन थालेका छन् । कोरोना भाईरसको दोस्रो लहर सुरु भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । जिल्लाको परिवर्तन गाउँपालीकामा पनि कोरोनाले संक्रमण हुनेको संख्या ८ पुगेको गाउँपालीकाले जनाएको छ ।संक्रमति सबैको अबस्था सामान्य रहेको छ ।

सोही गाउपालिका वडा नम्बर ५ राङ्गकोटका २ जना रहेका छन भने अन्य बागमाराका रहेको वडा नम्बर ५ का वडाध्यक्ष सुक बहादुर बुढा (थमन)ले जानकारी दिनुभयो ।

परिक्षणबाट पोजेटिभ आएकाहरुलाई अबस्था अनुसार आइसोलेसन वा होम आइसोलेसनमा उपचार गर्ने र यदि सुधार नभए र आइसीयुमा राखन पर्ने अबस्था आएमा रिफर गर्न गाडिको ब्यबस्था रहेको वडाध्यक्ष बुढाले बताउनुुभयो ।

बाहिरबाट आएका मानिसहरुलाई होम कवारेनटाइन र सामुदायक कवारेनटाइनमा बस्ने र बसाल्ने ब्यबस्था गरिएको छ भने बाहिरबाट आउने मानिसको संख्या धेरै रहेको छ साथै बिकास निर्माणका काम चलिरहेको र गाउका उत्पादित बस्तुहरु बजार सम्म पुगेको छ ।

गाउँपालिकाले नागरिक सचेतनाका लगि जनचेतना मुलक कार्यकमका साथै माइकिङ्ग गरिरहेको छ भने अतिआवस्यक काम बाहेक आवतजावतमा रोक लगाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्