२०८० असोज ६ गते शनिवार

करेन्ट लागेर तुलसीपुरका एक जनाको मृत्यु



१ जेठ,घोराही-
तुलसीपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । शनिबार बिहन पौने नौ बजेतिर तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

नवनिर्मित आफ्नै घरमा पानी चार्नका लागि फलामको भर्‍याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्