२०७८ असार ८ गते मङ्गलवार

रेडियो मध्यपश्चिम १६ औँ बर्षमा प्रबेश



१ जेठ, घोराही-दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिम आज देखी स्थापनाको १६ औँ बर्षमा प्रबेश गरेको छ । दाङ सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड द्धारा सञ्चालीत रेडियो मध्यपश्चिमको २०६४ साल जेठ १ गते उद्घाटन गरिएको थियो ।

सञ्चार एंव सामाजीक तथा व्यवसायीक क्षेत्रमा कार्यरत ख्याती प्राप्त व्यक्तित्वहरुको संयुक्त लगानी र पहलमा दाङ सूचना तथा सञ्चार सहकारी संस्था २०६१ सालमा स्थापना भएको हो । २०६२/६३ को ऐतिहासीक जनआन्दोनको सफलता पछि २०६३ पुष २८ गतेदेखी आवाजहिन हरुको आवाजकारुपमा रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्जबाट प्रशारण प्रारम्भ भएको हो ।

२०६४ जेठ १ गते तत्कालीन सुचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले रेडियो मध्यपश्चिमको उद्घाटन गर्नुभएको हो । सुचना तथा सञ्चारको माध्यमबाट आम नागरिकहरुलाई शुसुचित एंव जागरुक बनाउने उद्देश्यका साथ आफ्ना प्रशारणका सेवाहरुलाई परिस्कृत गर्दै ल्याएको छ ।

स्थापना दिवसको अबसरमा हरेक बर्ष विभिन्न औपचारीक कार्यक्रम गर्दै आएको रेडियोले गतवर्ष जस्तै यस बर्ष पनि कोरोना संक्रमणका कारण सबै सोचलाई कोरोना सचेतना, प्रभावितहरुको आवाज बुलन्द पार्दै राज्य र सरोकारवाला निकायलाई खबरदारी गर्दै आफ्ना प्रशारणका समाचार र कार्यक्रमलाई केन्द्रित गरेको छ ।

रेडियो स्थापना दिवसका अबसरमा रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसुदन बैद्यले आवाजहिनको आवाज र समसामयिक परिस्थितीका विषयको उजागरमा केन्द्रित रहेको बताउनुभएको छ । कोरोना भाईरसको दोस्रो लहरसँगै सुरुभएको लकडाउनको कहरबाट गुज्रिरहेको विषम प्रस्थितिमा सत्यतथ्य सुचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रम नियमित रुपमा प्रशारण गर्न पाउदा चराएको घाउमा मलम लगाउन पाएको महशुस भएको उहाँले बताउनु भयो ।

अध्यक्ष बैद्यले एक सूभकामना सन्देश दिदै यो जटिल परिस्थितीमा रेडियोको भूमिकालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्