२०८० असोज १७ गते बुधवार

तुलसीपुरका तिन बालकको शव १४ दिन पछि आफन्तले बुझे



३१ वैशाख,घोराही- तुलसीपुर ६ स्याउली बजार नजिकै गएको बैशाख १८ गते तिन बालकहरु मृत फेला परेको घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने सहमतीमा आफन्तीले शव बुझेका छन् ।

घटनाको निष्पक्ष अनुसन्धान गर्ने, तुलसीपुर उपमहानगरपालिकाले पिडित परिवारलाई किरियाखर्च स्वरुप २५ हजार रुपैयाका दरले राहात दिने र थप राहातका लागी राष्ट्रिय दलित आयोगमा सिफारिस गर्ने सहमतीमा मृतक बालकका आफन्तीले १४ दिन पछि शव बुझेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंह लगाएतको सहभागितामा पिडित पक्षहरु संग भएको छलफलमा यस्तो सहमती भएको उहाले जानकारी दिनुभयो ।

यस अघि पिडित पक्षले बालकहरुको हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दा सम्म शव नबुझने अडान लिएका थिए ।लामो छलफल र प्रयास पछि आफन्तीले शव बुझन मानेका हुन् । घटनाको अनुसन्धान गर्नका लागी प्रहरी निरीक्षक शर्माको नेतृत्वमा एक संयन्त्र गठन गरिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्