२०७८ माघ ९ गते आइतवार

दाङमा अक्सिजन र औषधी सहज बनाउन अदालतकोे परमादेश



३१ वैशाख,दाङ –जिल्ला प्रशासन कार्यालय दाङलाई अक्सिजन र औषधी सहज बनाउन उच्च अदालत तुलसीपुरले परमादेश गरेको छ । अधिबक्ता रविन्द्र कुमार धितालले दायर गरेको रिट निवेदशनमा विहीबार (हिजो) सुनुवाई गर्दै अदालतका मुख्य न्यायाधीश नीता गौतम दिक्षितले यस्तो आदेश गर्नुुभएको हो ।

पीसिआर परीक्षणको दायरालाई ब्यापक बनाउन,आईसियु,भेन्टीलेटरको उपयुक्त ब्यबस्थापन गर्नु गराउनु,बालबालिका,महिला,बद्धृबद्धृा र बिपन्न वर्ग लगायत बिशेष संरक्षण गर्नुपर्ने समाजका सदस्यहरुलाई क्वारेन्टिन,आईसोलेसन केन्द्रमा राख्दा तथा औषधि उपचार गर्दा प्राथमिकता राख्नु,महामारीको संकटको वर्तमान समयमा कालोबजारीले प्रश्रय नपाओस भनी नियमित रुपमा बजार अनुगमन गर्न गराउन अदालतले परमादेश गरेको हो ।

अदालतको आदेशमा हाल सम्म कोरोना बिरुद्धको खोप कति जनालाई दिएका छ र हाल सम्म पीसिआर जाँच कति भए , स्वाव संकलन केन्द्र कति रहेका छन् , पीसिआर टेष्ट जाँच गर्दा को कसलाई निःशुल्क परिक्षण गर्ने गरिएको छ,भनि लिखित जवाफ पेश गर्न भनिएको छ ।

मुख्यन्यायाधीश निता गौतम दीक्षितको एकल ईजलासले तुलसीपुर उपमहानगरपालिका,घोराही उपमहानगपालिका,लमही नगरपालिका,जिल्ला प्रशासन कार्यालय दाङ,स्वास्थ्य कार्यालय दाङ,जिल्ला कोभिड –१९ संकट ब्यबस्थापन संचालन केन्द्र,जिल्ला विपत्त ब्यबस्थापन र लुम्बिनी प्रदेश सरकारबाट स्थापना गरिएको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा कोषबाट हाल सम्म दाङ जिल्लामा भए गरेका कामकारबाहीको बिवरण संलग्न गरि जेठ ९ गते भित्र लिखित जवाफ पेश गर्नु भनी म्याद सूचना गर्न आदेश दिएको हो । जसमा बिष्णुमणी धिताल, रबिन्द्रकुमार धिताल, मधुसुदन गौतम , टेकनाथ आचार्यले वहस गर्नुुभएको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्