२०७८ असार ११ गते शुक्रवार

दाङका बैंकमा सेवाग्राहीको चाप बढ्दै



३० वैशाख,तुलसीपुर-कोरोना भाईरसको महामारी कायम रहदा पछिल्लो समय दाङमा हप्ताको दुई दिन बैंकहरु खुल्ने गरेका छन् । बैंकहरु बार अनुसार हप्ताको दुई दिन खुल्न थालेसँगै अहिले बैंकहरुमा सेवाग्राहीको चाप बढ्दै जान थालेको छ ।

कोरोना संकट व्यबस्थापन केन्द्र दाङले आर्थिक कारोबारोका लागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिएसँगै बैंकहरुमा नागरिकको संख्या बढ्दै जान थालेको हो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्ने गरेका छन् भने भौतिक दुरी कायम गर्दै स्वास्थ्य सजकता अपनाएर नागरिकहरुले सेवा लिईरहेका छन् ।

दाङका ठुला शहरहरु घोराही, तुलसीपुर, लमही, नारायनपुर लगाएतका बजारमा बैंक तथा वित्तिय संस्थाहरु खुलेसँगै स्वास्थ्यका मापदण्ड पालना गर्दै बैंकिङ सेवा लिन आउने नागरिकको संख्या बढ्दै जान थालेको हो ।।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्