३० बैशाख,घोराही-दाङमा गोरुले हानेर एक व्यक्तिको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ निमुुरियाका ७१ वर्षिय बालाराम जि.सीको मृत्यु भएको हो ।
गत २१ गते मंगलबार बिहान गोठाले गएको समयमा छिमेकी खिमा घर्तीमगरको गोरुले हान्दा घाईते भएका जि.सीको चार दिन पछि मृत्युु भएको छोरा गिरीराज जि.सीले जनाकारी दिनुुभयो ।
जि.सी घाईत भए लगतै घोराहीको बुद्ध हस्पिटलमा उपचार गरि फर्केको चार दिनको साँझा मृत्युु भएको हो । मृतकको छाती र ढाडमा चोट लागेको थियो ।।
प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार