२०७८ माघ ९ गते आइतवार

दाङमा ३० दिनको अवधिमा १७ सय भन्दा धेरै संक्रमित निको



३० बैशाख,घोराही-बैशाखयता मात्रै दाङमा १७ सयभन्दा धेरै कोरोनाका विरामी निको भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आज निको भएका ८१ जनासहित १ हजार ७ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै आज ३ सय ३४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षण गर्दा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४ सय ५० जनाको स्वाव परिक्षण गर्दा ३ सय ३४ जनामा संक्रमण देखिएको केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म ४ हजार ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

दाङमा संक्रिय संक्रमितको संख्या २ हजार ६ सय ६७ जना रहेको छ । संक्रिय संक्रमितमध्ये १ सय ६१ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ५ सय ६ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन । यस्तै संस्थागत आईशोलेशनमा रहेका १ सय ६१ जना मध्ये कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५७ जना उपचाररत रहेका छन ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४१ जना बिरामी भर्ना भएका छन् । लमहीको रातोडाँडामा सञ्चालनग गरिएको अस्पतालमा १४ जना, तुलसीपुरको मेट्रो सिटि अस्पतालमा १२, शान्तिनगरमा ९, दंगिशरण, गढवा र राप्तिमा ७/७ जना, बबईकाका ४ र बंग्लाचुलमा २ जनाको कोरोनाका विरामीको संस्थागत आईशोलेशनमा उपचार भैरहेको छ ।।

 

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्