२०८० असोज १७ गते बुधवार

घोराहीमा रोटरीले गर्यो अटो एम्बुलेन्स् सञ्चालन



३० बैशाख,घोराही-दाङमा निषेधाज्ञाको समयमा विरामीलाई सहजताका लागी रोटरी क्लव अफ दाङले अटो एम्वुलेन्स सञ्चालनमा ल्याएको छ । माहामारीको विषम परिस्थितीमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका विरामीहरुलाई हस्पिटलसम्म जान सहजताका लागी अटोलाई एम्वुलेन्सका रुपमा प्रयोगमा ल्याईएको क्लवका अध्यक्ष डा चेतनारायन पाण्डेले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष पाण्डे, घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, क्लवको कोभिड राहत कोषका संयोजक मिनराज भाटको उपस्थितिमा आज घोराहीको सहिद गेटबाट अटो एम्वुलेन्स सञ्चालनमा ल्याईएको हो । अटोलाई सेनिटाईज गरी, पिपिई लगाई, चालकलाई बुट प्रदान गरी स्वास्थ्य सजगता अपनाउदै अटो सञ्चालनमा ल्याईएको हो । ति अटोको एक वर्षका लागी ५ लाख रुपैया बराबरको विमा गरिएको छ भने अझै एम्बुलेन्सका रुपमा ५ वटा अटो थप्ने योजना रहेको क्लवका अध्यक्ष डा पाण्डेले जानकारी दिनुभयो ।

घोराही १५ का वडा अध्यक्ष पाण्डेले निजी क्षेत्रसँगै विभिन्न संघ संस्थाले गर्दै गरेका काममा हातेमालो गर्दै कोरोना नियन्त्रणमा लाग्ने बताउनु भयो । यस्तै क्लवको कोभिड राहत कोषका संयोजक भाटले अटो एम्बुलेन्सका साथै रोटरीमार्फत् ५ जना चिकित्सकहरुले सामाजिक सञ्जालमार्फत् कारोना सम्बन्धि परामर्श प्रदान गरिहेको जानकारी दिनुभयो । रोटरीले अक्सिजन उत्पदान गर्नका लागी ५ वटा कन्सन्ट्रेटर मेसिन समेत ल्याउने तयारी गरेको भाटले जानकारी दिनुभयो ।

यस्तै रोटरीको राहत कोषमा अहिले सम्म ८ लाख रुपैया जम्मा भैसकेको छ । ५ लाख रुपैयाँ नेपालबाटै संकलन भैएको ३ लाख रुपैयाँ विदेशबाट सहयोग आएको भाटले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्