२८ बैशाख,घोराही /
कोरोनाको महामारिमा बिवाह गरेको नब बिबाहित घोराहीको एक जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।
नब बिबाहित जोडि घोराही १८ नवलपुर निबासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाइ कोरोनाको महामारिको बेला अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । बिवाह खर्च कटाइ अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक शन्देश प्रबाहसहित सामाजिक उत्तरदायीत्व बहन गर्दै सो रकम सहयोग गरेको उनिहरुको भनाइ छ ।
राना र कवर बिच कोरोनाको महामारिमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ बिवाह भएको थियो । नब बिबाहित जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामीछानेलाई ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।।