२०७८ असार ८ गते मङ्गलवार

दाङमा वितेको २४ घण्टा भित्र १७ संक्रमितको मृत्यु



२८ बैशाख,घोराही – दाङमा वितेको २४ घण्टामा १७ जना कारोनाका विरामीको मृत्यु भएकोे छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार आज मृत्यु हुनेमा घोराहीका ५ जना,तुलसीपुरका ८ जना, लमहीका २ जना, गढवा र दंगिशरणका एक÷एक जना रहेका छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ८ जना, होम आईशोलेशनमा बेसेका ५ जना संक्रमित रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जना, लमहीमा होमआईशोलेसनमा बसेका १ जना, लमही अस्पताल र घोराहीको गायत्री अस्पिटलमा उपचाररत १/१ जनाको मृत्युुभएको केन्द्रले जनाएको छ ।

आज मृत्युु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २ जना,१३ का २ ,१४ का १ गरि ४ पुरुष र १ जना महिला रहेको छन ।

त्यसैगरि तुलसीपुर वडा नम्बर १९ का २ जना , वडा नम्बर ४, ८, १२ ,१६ र १७ का एक÷एक जना गरि ५ पुुरुष र ३ महिलाको मृत्युुभएको हो । लमही नगरपालिका वडा नम्बर ५ र ८ का एक जना पुरुष र एक जना महिलाको मृत्युुभएको केन्द्रले जनाएको छ । यस्तै दंगीशरण र गढवा गाउँपालिकाका एक÷एक जना पुुरुषको मृत्युभएको केन्द्रले जनाएको छ ।

यस्तै कोरोना विशेष अस्पतालन बेलझुण्डीमा उपचाररत ८ जना विरामीको आज मृत्यु भएको छ । अस्पतालमा आज मृत्यु हुनेमा तुलसीपुरका ५ जना, घोराही गढवा र दंगिशरणका एक/एक जना रहेका छन् ।

अस्पतालमा उपचाररत तुलसीपुरका ३ पुरुष र २ जना महिला रहेका छन् । जसमा वडा नंम्वर १९ का ५२ वर्षिय पुुरुष , ६ का ७६ वर्षिय पुरुष, १७ का ५० वर्षिय महिला, १२ का २७ वर्षिय पुरुष र ४ का ७० वर्षिय महिलाको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुुभयो ।

यस्तै घोराही उपमहागनरपालिका वडा नंम्वर १३ का ४४ वर्षिय पुरुषको मृत्युु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुुभयो । यस्तै गढवा ३ का २५ वर्षिय पुुरुष र दंगिशरण ३ का ३१ वर्षिय पुरुषको अस्पतालमा उपचारका क्रममा आजै नै मत्यु भएको हो । आज अस्पतालमा २ जना महिला र ६ जना पुरुष गरी जम्मा ८ जनाको मृत्यु भएको छ । अस्पतालमा अहिले ६३ जना कोरोनाका विरामीको उपचार भैरहेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्