२०७८ माघ ९ गते आइतवार

प्रधानमन्त्री विश्वासको मत लिन असफल,प्रधानमन्त्रीबाट स्वतः पदमुक्त



२७ बैशाख,घोराही । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको थियो । संसद्मा २ सय ३२ सांसद उपस्थित थिए।

प्रतिनिधिसभामा हाल कायम २ सय ६७ सांसदमध्ये ३५ जना बैठकमा उपस्थित भएनन्।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्