२०८० असोज १७ गते बुधवार

प्रेस युनियनले दाङमा कोरोना समन्वय समिति गठन 



२६ बैशाख ,दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले समन्वय समिति गठन गरेको छ । आइतबार कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षमा बसेको जुम मिटिङले कोरोना संक्रमित आफ्ना साथीहरु संग समन्वय गर्नका लागि ६ सदस्य समन्वय समिति गठन गरेको हो ।
समन्वय समितिमा तुलसीपुरबाट गोपाल शर्मा भट्टराई र शिबु पुन, घोराहीबाट देबेन्द्र बस्नेत र लिलाधर वली र लमहीबाट किरण बिक्रम शाह र टेकबहादुर पुन रहेका छन् ।

कोरोना भाइरस महामारीको अहिलेको समयमा युनियनका कुनैपनि सदस्यलाई संक्रमन भएमा समन्वयकारी भूमिका निर्वाह गर्ने गरि यो समिति गठन गरिएको हो । बैठकमा सहभागि युनियनका अध्यक्ष सञ्तोष सुबेदी, सल्लाहाकार हेमराज शर्मा, अग्रज पत्रकार किशोर चन्द्र गौतम, यूनियनका सचिव आरके सितल लगाएतले आफु सुरक्षित रहेर मात्रै पेशागत दायित्व पुरा गर्न आग्रह गरेका छन् ।
बैठकमा पत्रकारहरु गोपाल शर्मा भट्टराई, बिबेक खड्का, रोषणी मल्ल, लिलाधर वली, निरला अर्याल गैरे, यमकला भुसाल, प्रेम पुन, शिबु पुन, राजेश खत्री लगाएतले अहिलेको अवस्थामा घरमै बसेर फोन र सामाजिक सञ्जालको माध्यम जस्ता बैकलल्पिक बिधिबाट पत्रकारित गर्न सबैलाई आग्रह गरेका छन् ।

बक्ताहरुले नेपाल प्रेस युनियनका केही सदस्यहरु संक्रमित रहेको हुँदा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कुनै जटिलता आउन संभावना रहे समन्वय समितिसंग सम्पर्कमा रहन आग्रह पनि गरेको छ ।पछिल्लो अवस्थामा तुलसीपुरमा युनियन आवद्ध दूई पत्रकार र घोराहीमा एकजना संक्रमित रहेको तथा हालसम्म सबैको अवस्था सामान्ने रहेको युनियनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्