२०७८ माघ १३ गते बिहिवार

आईतबार दाङका ८ जना संक्रमितको मृत्यु



२६ बैशाख,घोराही ।
दाङमा आज ८ जना कारोनाका विरामीको मृत्यु भएकोे छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार आज मृत्यु हुनेमा घोराहीका ६ जना, बबई र दंगिशरणका एक/एक जना रहेका छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत २ जना, जिल्ला बाहिर बाँकेमा उपचाररत एक र होम आईशोलेशनमा बेसेका एक संक्रमित रहेका छन् । आज मृत्यु भएका अन्य ४ जनाको भने केन्द्रले थप विवरण प्राप्त भएको छैन् ।

कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा घोराही उपमहागनरपालिका वडा नंम्वर ७ का ४१ वर्षिय पुरुषको मृत्युु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुुभयो । हिजोदेखी अस्पतालमा उपचाररत पुरुषको आज दिउसो १२ बजेर ३० मिनेट जादा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै बेलझुण्डीमै उपचाररत नेपालगञ्ज घरभई हाल बबई गाउँपालिका वडा नंम्वर ५ स्थित माईतमा बस्दै आउनुभएकी २७ बर्षीया महिलाको गएराति १ बजेर ३० मिनेट जादा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी एक कोरोना संक्रमितको मृत्यु भएको छ । होमआइसोलेशनमा बसेका ६७ बर्षीया महिलाको आज विहान ६ बजे मृत्यु भएको छ । वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएका ति महिलामा दमको समस्या पनि देखिएको थियो ।

यस्तै बाँकेमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाकेको भेरी अस्पतालमा उपचाररत तुलसीपुर ६ का ४१ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । यो सँगै बैखाश महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दाङमा ६६ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्