२६ बैशाख,घोराही ।
दाङमा कोरोना संक्रमणको जोखीम बढ्दै गएपनि निषेधाज्ञा उल्लघंन गर्नेको सख्या घटेको छैन । आईतबार (आज) दाङ प्रहरीले निषेधाज्ञा उल्लघंन गर्ने ४ सय ५० व्यक्ति सहित १ सय ५४ सवारी साधनलाई होल्डिङ गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ३६० पुरुष र ९० जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुुभयो ।
त्यसैगरि आईतबार (आज) निषेधाज्ञा उल्लंघन गर्ने ६५ वटा दुई पाङ्ग्रे र ८९ वटा चार पाङ्ग्रे सरकारी तथा निजी गाडीलाई होल्ड गरिएको हो । नियम उल्लघंनलाई एक घण्टा होल्ड गरेर सचेत बनाएर छोडिएको सुचना अधिकारी रिजालले बताउनुुभयो । शानिवार (हिजो) निषेधाज्ञा उल्लघंन गर्ने ४ सय ३६ व्यक्ति सहित २ सय ४६ सवारी साधनलाई होल्डिङ गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय दाङले वैशाख १७ गते रातिदेखि जेठ १ गते बेलुकी छ वजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।।