२०७८ माघ ९ गते आइतवार

नारायणपुरमा होमआईसोलेशन बसेका संक्रमितको मृत्यु



२६ वैशाख,दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी एक कोरोना संक्रमितको मृत्यु भएको छ । होमआइसोलेशनमा बसेका ६७ बर्षीया महिलाको आज विहान ६ बजेतिर मृत्यु भएको स्थानीय रोशन पाण्डेले जानकारी दिए ।

उनका अनुसार ति महिला दमको रोगी पनि थिइन । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्