२०७८ माघ १३ गते बिहिवार

सल्यानका एक व्यक्ति तुलसीपुर कारागार भित्र मृत फेला



२६ बैशाख,दाङ। दाङमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कारागार (सुधार गृह) भित्र मृत अवस्थामा फेला परेका हुन। मृतक सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का ४६ बर्षीय खड्ग बेढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुुभयो ।

२०६८ सालदेखि कर्तब्य ज्यान मुद्दामा कैद परेका बुढाथोकी आइतबार बिहान ८ बजेतिर मृत अवस्थामा फेला परेको डिएसपी सिंहले  जानकारी दिनुुभयो । बुढाथोकी शनिवार बेलुका खाना खाएर सुतेको र बिहान उठाउँदा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला फेलापरेका हुन।

बुढाथोकीमा कुनैपनि स्वास्थ्य समस्या रहेको भन्ने कुरा खुल्न नआएको डिएसपी सिंहले बताए । उनको शब पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्