बैशाख २४,घोराही । विवाह समारोहमा सहभागी भएका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमित बागलुङको बडिगाड गाउँपालिका ४ जलजला गाउँमा भएको एउटा विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि बडिगाड गाउँपालिकाले कोरोना परीक्षण गरेको थियो ।
बिहिबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडमणि कँडेलले जानकारी दिनुभयो ।
विवाह समारोहमा सहभागी भएका दुलाहा पक्षका आफन्तहरु तथा अन्य गाउँका अधिकांश मानिसहरु बिरामी परेको बडिगाड गाउँपालिका ४ का अध्यक्ष प्रेम गलामी मगरले जानकारी दिनुभयो ।