२०७८ माघ १३ गते बिहिवार

दाङका १४ जना पत्रकारमा कोरोना पुष्टि,एक जनाको मृत्यु



२४ बैशाख,घोराही ।
दोस्रो लहरको कोरोना महामारी सुरुभए सँगै दाङका १४ सहित देशभर ६ सय ५० पत्रकारमा कोरोना पुष्टि भएको छ । दाङमा संक्रमण पुष्टि भएका १४ जना मध्ये एकजनाको मृत्यु भएको छ भने एक जनाको अबस्था गम्भिर भएर भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ दाङले जनाएको छ ।

नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष दुर्गालाल केसीका अनुसार अन्य १२ जना पत्रकारहरु अहिले होम आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमित पत्रकारहरुको नियमितरुपमा अबस्था बुझिरहेको अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार अहिले २ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।

प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेकोमा ४ जना आईसीयूमा छन् । अहिलेसम्म ७ जना पत्रकारको ज्यान गएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्