२०७८ माघ १३ गते बिहिवार

नेपालमा कोरोना संक्रमितको नयाँ रेकड,९ हजार ७० जनामा पुष्टि



२२ बैशाख,घोराही /
नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९ हजार ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २१ हजार १ सय ४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ भएको मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्