२३ बैशख,घोराही ।
दाङमा वितेको २४ घण्टामा दाङका थप चार जना संक्रमितको मृत्यु भएको छ । जस्मा घोराहीका २ जना, बबई र तुलसीपुरका १/१ जना रहेका छन् । जिल्लाभर अहिले १ हजार ७ सय २६ जना संकृय बिरामी रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
अहिले संक्रिय संक्रमितमध्ये १ सय २ जना संस्थागत आईशोलेशनमा र १६ सय २४ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन । यस्तै कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५० जना उपचाररत रहेका छन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २६ जना बिरामी भर्ना भएका छन् । लमहीको बरातोडाँडामा सञ्चालनग गरिएको अस्पतालमा १२ जना, दंगिशरणमा ७ जना, शान्तिनगरमा ६ जना र बबईमा १ जना कोरोनाका विरामीको उपचार भैरहेको छ ।।