२०७८ माघ १३ गते बिहिवार

दाङमा बिहीबार २ सय ५५ जना निको ,थप १ सय ५० जना संक्रमित



२३ बैशाख,घोराही ।
दाङमा पछिल्लो समय कोरोना संक्रमणदरसंगै निको हुनेको दर पनि बढ्दै गईरहेको छ । दाङमा आज एकैदिन २ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आज मात्रै २ सय ५५ जना संक्रमित निको भएका हुन् ।

आज निको भएका संगै बैशाखयता जिल्लामा ६ सय ९२ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार १ सय ६५ पुगेको छ । यस्तै आज दाङका १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा १ सय २५ जनामा र एन्टिजेन परिक्षण गर्दा २५ जनामा गरी १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय १६ जनाको स्वाव परिक्षण गर्दा ७५ पुरुष र ५० जना महिला र एन्टिजेन विधि मार्फत् परिक्षण गर्दा २५ जनामा गरी १ सय ५० जना संक्रमण देखिएको केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म २ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । अहिले सम्म जिल्लामा ५ हजार ८ सय १८ जना कोरोनाबाट संक्रमित भएका छन ।

 

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्