२०८० असोज १७ गते बुधवार

मंगलबार दाङका १ सय ७ जनामा कोरोना पुष्टि



२१ बैशाख,घोराही ।
पछिल्लो २४ घण्टामा दाङका १ सय ७ जनासहित देशभर सात हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ५० जनाको स्वाव परिक्षण गर्दा १ सय ७ जनामा कोरोना देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

देशभरका १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ५१ हजार पाँच पुगेको छ ।

गएको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । यस्तै आज दाङका २ सय ६ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ । अहिले नेपालमा दाङका १४ सय ३ जना सहित ५९ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्