२०७८ जेष्ठ २ गते आइतवार

पत्रकार महासंघ दाङको भनवलाई आइसोलेसन बनाउने



२१ बैशाख,घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनलाई आइसोलेसनका रुपमा विकाश गरिने भएको छ ।भवनको माथिल्लो तलामा आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको महासंघका दाङ शाखा अध्यक्ष दूर्गालाल केसीले जानकारी दिए ।

‘तत्काल कोरोना संक्रमित पत्रकारलाई राख्नका लागि ५ बेडको अक्सिजनसहितको आइसोलेन निर्माण गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने ‘ पछि आवश्यकता अनुसार अन्य फ्रन्टलाईनरहरुलाई पनि राख्ने गरि बेड थप्ने सोच छ ।’महासंघको सोमबार बसेको भर्चुअल बैठकले तत्काल संक्रमित पत्रकारका लागि अक्सिजनसहितको ५ शैयाको बेड निर्माण गर्ने निर्णय गरेको महासंघका दाङ शाखा उपाध्यक्ष सञ्तोष सुवेदीले जानकारी दिए ।‘बैठकले दिनहुँ कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको र अस्पतालहरुमा बिरामीका लागि बेडको अभाव हुन थालेको कुरा आइरहेको हुँदा पत्रकार लगाएत फ्रन्टलाईनरहरुलाई राखेर उपचार गर्नका लागि महासंघलाई आइसोलेसनका रुपमा बिकाश गर्ने निर्णय भएको हो,’ उपाध्यक्ष सुवेदीले भने ।

अहिलेको महामारीको समयमा दिनरात खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरूलाई पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै महासंघको भवनलाई आइसोलेसनका रुपमा बिकाश गर्ने निर्णय भएको सुवेदीले बताए ।
आइसोलेसन निर्माणका लागि आबश्यक सामग्री, उपकरण र जनशक्ति व्यवस्थापनका लागि विभिन्न निकायहरू संग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
महासंघका सचिव आरके शितलले स्थानीय तह, स्वास्थ्य संस्था, बिभिन्न व्यवसायिक तथा सामाजिक संघसंस्था र व्यक्तिहरू संग सहयोगका लागि अपिल गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्