२०७८ जेष्ठ ३ गते सोमवार

घोराही १५ का २१ दिने शिशुमा कोरोना सङ्क्रमण



२० बैशाख,घोराही । दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमवार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।

सोमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो । घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई सय एक जनामा पोजेटिभ देखिएको हो । फाईल फोटो

 

 

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्