२०७८ जेष्ठ ३ गते सोमवार

संवेदनशील अङ्ग छोएको भन्दै कारबाही गर्न लुम्बिनीका महिला सांसदको माग



२० बैशाख,घोराही ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका महिला सांसदले प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकलाई कारबाहीको माग गरेका छन् ।प्रदेश प्रमुखको कार्यालय बुटवलमा हिजो आफूहरुमाथि हातपात एव संवेदनशील अंगमा छोएको आरोप लगाउँदै उनीहरुले धानुकलाई निलम्बनको माग गरेका हुन् ।

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीको आरोप छ ।

प्रदेश प्रमुखको कार्यालयमा हिजो बेलुकी मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न धर्नामा बस्दा प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफैं हातपातमा गरेको आरोप छ ।

नेकपा माआवादी केन्द्रकी सांसद दामा शर्माले प्रहरी प्रमुख धानुकले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले कानूनी उपचार खोज्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्