२०८० असोज ६ गते शनिवार

जनगणना कार्यक्रम स्थगित



२० बैशाख,घोराही /
कोरोनाका कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ । विभागको निर्धारित तालिकाअनुसार गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी दाङ सहित देशव्यापी तालिम दिएको छ ।

ती सुपरिवेक्षक तथा कर्मचारीले वैशाख १६ गतेबाट घरपरिवार लगत लिने कार्य थाल्ने पूर्वनिर्धारित कार्यक्रम थियो । सोही दिनबाट आंशिक लकडाउन भएपछि योजना आयोगले स्थगित गर्नका निम्ति मन्त्रिपरिषदमा सिफारिस गरेको आयोगका जनगणना सदस्य रामकुमार फुयाँलले बताउनुभयो ।

तालिकाअनुसार वैशाख १ गतेभित्र स्थानीय जनगणना कार्यालय स्थापना गर्ने, वैशाख १६ देखि २२ सुपरिवेक्षक तालिम दिने, २६ देखि जेठ १४सम्म घरपरिवार सूचीकरण कार्य गर्ने रहेको थियो । यता दाङमा जनगणना कार्यालयले ७ स्थानमा इकाइ कार्यालय स्थापना गरि सुरपरिवेक्षक र गणकलाई तालिम दिने काम गरिएको थियो ।

दाङमा करिब साढे ६ लाख जनसंख्या पुगेको प्रक्षेपण गरिएको छ । १० बर्ष पहिले साढे ५ लाख जनसंख्या रहेको र यो बिचमा करिब एक लाख जनसंख्या थपिएको प्रक्षेपण गरिएको जिल्ला जनगणना अधिकारी तुलसीराम पोख्रेलले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्