१९ बैशाख,घोराही ।
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । नेता केसीले प्रदेश सभाका ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसँग दाबी पेस गर्नुभएको हो । तर प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिसक्नुभएको छ ।
हस्ताक्षर गरेका ४२ सांसदमध्ये सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साविकको नेकपाबाट चुनाव जित्नुभएकी विमला केसीले पनि केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् ।।