२०७८ जेष्ठ ३ गते सोमवार

दाङ क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित खत्री माओवादी केन्द्रमा



१९ बैशाख,घोराही /
दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीले नेकपा माओवादी केन्द्र रोज्नुभएको छ । उपनिर्वाचनमा साविक नेकपाबाट प्रदेश सांसद हुनुभएकी वली खत्रीले माओवादी र एमाले दुई अलग पार्टी भएपछि माओवादी केन्द्र रोज्नुभएको छ ।

माओवादी केन्द्र रोजपछि विभिन्न टिकाटिप्पनि भएको समयमा बुटवलमा पत्रकार सम्मेलन गर्दै वलीले आफुले राजीखुसी उक्त पार्टी रोजेको जानकारी दिनुभएको छ । चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको समेत उहाँले बताउँदै त्यसैले गर्दा पनि उक्त पार्टी रोजेको उल्लेख गर्नुभयो ।

यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका दुई जना सांसद कांग्रेस–माओवादी गठबन्धनमा लागेका छन् । शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मवहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजिनामा दिए पनि आफूहरुले राजिनामा नदिएको अजय शाहीले बताउनु भएको छ । शाहीले आफूहरुले राजिनामा नदिएको भन्दै गठबन्धनलाई सघाउने निर्णय गरेको बताउनु भयो ।।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्