२०७८ माघ १३ गते बिहिवार

शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त



१९ बैशाख,घोराही /
नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्