१८ बैशाख,घोराही ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका उनलाई नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले बतायो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार