२०७८ माघ १३ गते बिहिवार

लकडाउनको दोस्रो दिन दाङमा ५५ सवारी साधन होल्डिङमा



१८ बैशाख,घोराही /
दाङमा लकडाउनको दोस्रो दिन शनिबार ५५ वटा सवारी साधनले लकडाउनको उल्लङघन गरेको पाईएको छ । लकडाउनको अवेज्ञा गरेको भन्दै ५५ वटा विभिन्न सवारीका साधनलाई होल्डिङ गरेको दाङ प्रहरीले जनाएको छ ।

सुरक्षा चेकजाँचका क्रममा अनावश्यक सवारी चलाएको भन्दै सवैभन्दा धेरै दुई पाङग्रे गाडी मोटरसाईकललाई होल्डिङ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

जिल्लाभर खटिएका सुरक्षाकर्मीले विभिन्न स्थानमा चेकजाँच गर्दा विभिन्न चारपांग्रे सावारीका साधन ४० वटा र १५ बटा मोटरसाईकललाई होल्डिङ गरिएको हो । हाल्डिङ गरिएका सवारीका साधनहरुलाई १ देखि ३ घण्टा सम्म होल्डिङ गरेर लकडानको पालना गर्न सचेत पारेर छाडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्