२०७८ माघ १३ गते बिहिवार

कोरोना संक्रमितले गरे अस्पतालमै आत्महत्या



१८ बैशाख,घोराही ।
रुपन्देहीमा एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्। मावनकट्टामा सैनामैना नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले पासो लगाएर आत्महत्या गरेको प्रहरी कार्यालय सालझण्डीले बताएको छ।

प्रहरीका अनुसार बिहीबार अस्पताल भर्ना भएका उनी शौचालयमा पासो लगाएको अवस्थामा भेटिएका थिए।

संक्रमितले आत्महत्या गरेको जानकारी पाएपछि विहान ६ बजे प्रहरी अस्पताल पुगेको थियो। मृतकको शव बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्