२०७८ जेष्ठ ३ गते सोमवार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस



१८ बैशाख,घोराही । आज १ मे । मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। तर यस वर्ष भने कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ।

कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवस प्रभावित बन्ने देखिएको हो। दिवसको अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन्। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो। अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्