२०८० असोज १७ गते बुधवार

भारतमा कोरोनाको अर्को रेकर्ड



१७ बैशाख,घोराही । भारतमा कोरोनाभाइरसले दैनिक रेकर्ड बनाइरहेको छ । पछिल्लो समय फेरि भारतमा एकै दिनमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो एक साता यता भारतमा प्रत्येक दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । भारतीय मिडियाहरुले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ८६ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको जनाएका छन् ।

यही समयमा भारतमा ३ हजार ४ सय ९८ जनाभन्दा बढीको निधन भएको छ । २१ अप्रिलपछि भारतमा प्रत्येक दिन ३ लाखभन्दा बढी कोरोना संक्रमित भेटिन थालेका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्