२०७८ माघ ९ गते आइतवार

दाङमा लकडाउनको पालना निकै प्रभावकारी



१७ बैशाख,घोराही ।
दाङमा आज देखि सुरु भएको लकडाउनको पालना निकै प्रभावकारी देखिएको छ । दाङका प्रमुख बजार क्षेत्र घोराही, तुलसीपुर, लमही, नारयनपुर लगाएतका ठाउँ बिहानैदेखी सुनसान देखिएका छन् । दाङमा विभिन्न बजार क्षेत्र तथा चोकहरुमा प्रसस्त मात्रामा प्रहरी परिचालन गरिएको र नागरिकद्धारा लकडाउनको स्वस्फुर्त पुर्ण पालना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनु भयो ।

जिल्लामा कोरोना संक्रमणको दर बढेपछि रोकथाम तथा नियन्त्रणका लागी जिल्लामा आज विहान ६ बजेदेखी बैशाख २५ गते बेलुकी ६ बजे सम्म लकडाउनको घोषणा गरिएको हो । लकडाउनको अवधीभर खाद्यन्नका सामाग्री खरिद बिक्रीका लागी दैनिक विहान ७ बजेदेखि ८ बजे सम्म पसल खुल्न पाउने बताईएको छ ।

यस्तै, सवै कार्यालय, बैंक, वित्तिय संस्था पनि बन्द छन्् । अति आबश्यक सवारी साधन सञ्चालनका लागी भने प्रशासनबाट अनुमति लिनुपर्ने छ । तर तरकारी, दुध, विद्युत ,ईन्धन, टेलीकम, खानेपानी, औषधी बोकेका गाडी, एम्ब्लेन्स तथा प्रेसका गाडीहरु भने निर्वाध रुपमा चल्ने उहाँले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्