१६ बैशाख,घोराही ।
शान्तिनगर गाउँपालिकामा एन्टिजेन प्रविधिबाट कोरोना भाइरस संक्रमण परिक्षण गर्ने कामको सुरुवात गरिएको छ । एन्टिजेन प्रविधिबाट संक्रमण परिक्षण गर्ने दाङको पहिलो गाउँपालिका शान्तिरनगर भएको छ । कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै शान्तिनगर गाउँपालिकाले एन्टिजेन प्रविधिबाट कोरोना भाइरस संक्रमण परिक्षण गर्दै आएको छ ।
हाल सम्म ५० जना भन्दा बढिलाई एन्टिजेन प्रविधिबाट कोरोना भाइरस संक्रमण परिक्षण गरिएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरी पुनले जानकारी दिनुभयो । कोरोना भाइरसको संकास्पद लक्षण देखा परेका ५० जना भन्दा बढिलाई एन्टिजेन प्रविधिबाट परिक्षण गरेकोमा १६ जनामा पोजेटिभ देखिएको छ ।
अव देखि धनौरी स्वास्थ्य चौकीमा कोरोना भाइरसको संकास्पद लक्षण देखा परेकालाई एन्टिजेन प्रविधिबाट परिक्षण गरिने स्वास्थ्य शाखाका प्रमुख पुनले बताउनुभयो । पोजेटिभ आएकालाई धनौरी स्वास्थ्य चौकीमै अक्सिजन सहित आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । सामान्य खाल विरामीलाई होम आइसोलेशन र जटिल खालका विरामीलाई कोरोना विशेष अस्पतालामा बेलझुण्डि उपचारकालागि पठाइने शाखाका प्रमुख पुनले बताउनुभयो ।
यस्तै आज देखि तुलसीपुर उपमहानगरपालिकाले पनि एन्टिजेन विधिबाट कोरोना परिक्षण सुरु गरेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विहान साढे सात बजेदेखी ९ बजे सम्म कोरोना परिक्षण गरिने तलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । कोरोनाको संकास्पद लक्षण देखीएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, चिकित्सक वा स्वास्थ्यकर्मीहरुले सिफारिस गरेका व्यक्तिहरुको आरटि एन्टिजेनबाट परिक्षण गरिने छ ।।