२०७८ माघ ९ गते आइतवार

तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिए



१६ बैशाख, दाङ । सरकारले दुई साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि पछिल्लो तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिएका छन् ।
आज बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि तीन दिनमै काठमाडौंबाट यति धेरै यात्रु बाहिरिएका हुन् । कोरोना–१९ को दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जानकारी दिएको छ । महाशाखाका अनुसार, सडकमार्ग र हवाई मार्गबाट मंगलबारसम्म बाहिरिनेको संख्या ९१ हजार ७ सय २ जना पुगेको छ भने बुधबार हवाईमार्गसहित ५४ हजार बाहिरिएका छन् ।
सोमबार हवाई तथा सडकमार्ग हुदै कुल ५६ हजार ७ सय काठमाडौंबाट बाहिरिएकोमा त्यसमध्येबाट सडकमार्गबाट बाहिरिनेमा ५० हजार ४ सय ५६ जना थिए । सडकमार्गतर्फ मंगलबार ३ हजार ५ सय ५४ सवारीबाट २७ हजार ७ सय ८० यात्रु काठमाडौंबाट बाहिरिएका छन् भने हवाईमार्ग हुदै ७ हजार २ सय २० यात्रु बाहिरिएका छन् ।
कोटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेको भीड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका, बल्खु नाका, भक्तपुर, नुवाकोटबाट समेत उपत्यका छाडने मानिसको भीड लागेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्