१५ बैशाख । सरकारले सञ्चालन गरिरहेको कोभिड–१९ विरुद्धको खोप अभियान स्थगित गरेको छ।
कोभिड संक्रमण दर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनका लागि खोप अभियान रोकेको हो।
सरकारले हाल चीनमा उत्पादित भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सञ्चालन गरिरहेको छ। साथै भारतमा उत्पादित कोभिशिल्डको दोस्रो डोज खोप अभियान चलाउँदै आएको थियो।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार दुवै चरणका खोप अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको हो।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार