२०७८ माघ ९ गते आइतवार

उपनिर्वाचन गर्न १ करोड ६१ लाख खर्च हुने



१५ बैशाख,घोराही।
राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा कार्यविधि तयार भएको जानकारी गरदाउँदै लाग्ने खर्चको अनुमान गरेको हो ।

मकवानपुरबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो । थापा माओबादी केन्द्र छोडेर नेकपा एमालेमा लागेपछि कार्वाहीमा पर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्