२०८० असोज १७ गते बुधवार

दाङमा सक्रिय संक्रमितको संख्या ९४० पुग्यो, आज थप १८६ मा कोरोना पुष्टि



१५ बैशाख,घोराही ।
दाङका आज एक सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय ६९ जनामा गरिएको स्वाब परिक्षणमा एक सय १९ जनामा र जिल्ला बाहिर ६४ जनाान गरि एक सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ६० जना, तुलसीपुरका ४३ जना, लमहीका ७ जना, गढवाका ४ जना, राप्तिका ३ जना, दंगिशरण र बबईका एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, जिल्ला बाहिर स्वाब परिक्षण गराएकाहरु मध्य तुलसीपुरका ३४, घोराहीका २४, दंगिशरण र बबईका २/२ जना, लमही, राप्ती र गढवाका १÷१ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

अहिले कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ४८ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १९ जना बिरामीको उपचार भैरहेको छ । केन्द्रका अनुसार दाङमा अहिले ९ सय ४० जना सकृय बिरामी छन भने बाकी केही जिल्ला बाहिर र होम आईशोलेशनमा रहोको जनाईएको छ ।

यसैबिच कोरोना भाइरसको संक्रमणबाट आज दाङका थप २ जनाको मृत्युभएको छ । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० बर्षिय एक पुरुषको मत्यु भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहीमा उपचारत रहेका ति पुरुषको आज बिहान १० बजे मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।

यस्तै होम आईसोलेसनमा बसेका तुलसीपुरका एक पुरुषको आज दिउँसो मृत्यु भएको छ । अस्वस्थ्य भएपछि घरमै बस्नु भएका तुलसीपुर ७ का ६१ बर्षिय एक पुरुषको आज दिउँसो निधन भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

उहाको कोरोना परिक्षणका लागी मंगलवार नुमना स्वाव संकलन गरिएको र बुधवार रिपोट पोजेटिभ आएको थियो । यो सँगै कोरोना संक्रमणबाट दाङका ६९ जनाको मृत्युभएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्