२०७८ असार ११ गते शुक्रवार

गाई काटेको अभियोेगमा एकजना पक्राउ



१५ बैशाख ।  जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एकजनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो ।

कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राति साढे ११ बजे घरबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका परियारको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्