२०७८ जेष्ठ २ गते आइतवार

२०७६चैत्र ११ पछिको कोरोना कहर



देश लकडाउनले ग्रस्त थियो । रातको १० बज्न लागको थियो । म सुत्ने मेलोमा लागिसकेको थिए । फेसबुकको म्यासेनजरमा एउटा सन्देश आयो । सायद कसैले ग्रुपमा मा मलाई जोडिदिएकोे थियो । खोलेर हेरे । काठमान्डु लिटिल एन्जल पढदाका होस्टलमा बस्ने पुराना मिल्ने साथीहरुको ग्रुप रहेछ । सरसररती हेरे त्यसमा हाल क्यानडा निवासी सोनाम धार्गे शेर्पा र हिराजन गौचन थिए । दाङ रामपुर घरभइ हाल अस्ष्टेलिया बस्ने ललित र उनका भाई रोहित कुमार पन्त थिए । सिङ्गापुर पुलिसमा कार्यरत ह्रिदय गुरुङ थिए । अमेरिकामा बस्ने मूल घर मनाङ्ग भएका मनाङग गुरुङ बिजय, कर्म र करसाङ्ग थिए । स्कटल्याङबाट स्वदेश फकिएका बिकेश महर्जन थिए । नेपालमा भएका चाहि चितवनका ओम गुरुङ, काठमान्डौका उज्जल राणा, म र धरान स्वास्थय बिज्ञान प्रतिस्ठानमा कार्यरत डा.रुपेश गामी थियौ । थिएनन त बस दिल राज राई थिएनन । हाम्रो गु्रपका मिल्ने साथी दिल राज राईको लगभग ५ बर्ष पहिले नै लण्डनमा ह्दयघात भएर निघन भैसकेको थियो । उनी बाचेको भए स्वभाभिक गु्रप लिडर उनी नै हुन्थे । सबै कुरामा अघाडी हुने दिलु कसैले नभेटने बाटोमा लागिसकेको थिए ।

काठमान्डौमा भर्खर २ माहौल चल्दै थियो । एस.यल.सी पछि कोही उच्च शिक्षा हासिल गर्न काठमान्डौका कलेजमा भर्ना भए, कोही दिल्ली र ब्याङ्गलोर पुगे । म दाङ,काठमाडौं र गोरखपुरका गल्लीहरुमा रुमल्ली रहे । घर ब्यवहार र कामको माचोमा अल्झेपछि मेरो पुराना साथीहरु संग खासै कुरा हुदैनथ्योे । अघिकांश साथीहरु जिदानले फ्रान्सलाई १९९८ को बिश्व कप जिताउन अघाडी नै देश छाडेर आफना सपनाका स्वपनिल शहर पुगिसकेका थिए । कहिले काही ओमसंग चाहि कुराकानी हुन्थ्यो । दिल राज लण्डन नजादासम्म उ संग बाक्लो भेटघाट हुन्थ्यो पछि उ लण्डन गएपछि पनि उसको मृत्यु नहुदा सम्म सम्र्पक भैईरहेको हुन्थयो । बिश्व लकडाउनको माहौलमा थियो । सबै फुर्सदीला थिए र एउटा अवसर मिलेको थियो पुराना साथीहरुलाई ग्रुप च्याट गर्ने ।

साथी : पाण्डे के गदैछस:कसैले सोध्यो

म : चिया पसल गर्ने पलानमा छु : मैले जवाफ र्फकाए

साथी : बैकको जागिर छाडेर चिया पसल…हाहा..हाहा.. कसैले लेख्यो ।

साथी : पण्डित जी को चिया पसल.. अर्कोले नखुलेको चिया पसलको न्वाराण गर्याे ।

साथी :होईन .. होइन .. त्यो हास्यास्पद देखिन्छ ..। पाण्डेको क्याफे .. यो धेरै राम्रो छ
साथी :-No..no..Ex- व्यवस्थापक चिया पसल ... यो उत्तम छ।
साथी : हाह… राम्रो छ…। शुभकामना साथी-हाह… राम्रो छ…। शुभकामना साथी
म : पुरानो दिनहरु सम्झदैै म पुरानै बन्न पुगे ।

तिनताका काठमान्डौका बस्तीहरु पातला थिए । कंक्रीटका महलहरुले पूरा काठमाडौंलाई ढाकिसकेको थिएन । जावलाखेल धोबिघाट स्थित हाल डिएभी कलेज रहेको राणाकालिन दरबारमा हाम्रो स्कूल थियो । पिताजीले हामी दुुईभाई लाई काठमाडौं पढाउने योजना बनाईसक्नु भएको रहेछ ।

हामीलाई थाहै नदिई दाङबाट काठमाडौं घुम्न जाने भन्दै काठमाडौं लैजानुभयो । दुई चार दिन काठमाडौंको बसाई, घुमाई पछि हामीले २–४ स्कूलहरुमा प्रबेह परिक्षा दियौ र अन्तमा पिता जी ले लिटिल एन्जल स्कुलमै पढाउने निणर्य लिनुभयो । स्कूल ब्यवस्थापनको मापदण्ड अनुाशार होस्टल बस्ने चाहिने सम्पूर्ण लत्ताकपडा र अन्य सामानहरुको चाजोपाचो मिलाएर पिताजी र आमा हामीलाई जयकतभ िएस.यल.सीको जिम्मा लगाएर दाङ फर्कनुभयो । त्यसबखत म निकै रोएको थिए रे रुुदा रुुदै मैले आमाको कानको टप नै तानिदिएको थिए रे आमा यो कुरा थेरै पछि सम्म सुनाउनु हुन्थ्यो ।

त्यसताकाको नयां सेसन फागुनको पहिलो साता शुरु हुन्थयो र हामी फाल्गुनको पहिलो साता नै होस्टलमा भर्ती भयौ । मेरो होस्टल नम्बर ३०९ रहन पुग्यो । हामी होस्टेल नंम्वरलाई कैदी नंम्वर भन्थ्यौंै । र त्यो पछि एस.यल.सी सकिदा सम्म मेरो कैदी न. ३०९ नै कायम थियो । केही समय होस्टल वातावरण्मा अफठयारो महसूस भए पनि पछि हामी अभयस्त हुदै गयौ ।

मलेशियन मूलूकका डेभिड सर होस्टल प्रमुख थिए । पछि भारत कोलकताका आलोक मजुमदार सर होस्टल प्रमुख भएर आए ।डेभिड सर निकै कडा थिए । गल्ती अनुशार सजाय पाईन्थ्यो । सबै कुरा समय र अनुशासनमा बस्नु पर्ने नियम हुन्थ्यो । बिहान उठने , ब्ययाम गर्ने, नुहाउने, बिहानको खाजा खाएर स्कूल जाने नियम हुन्थयो । स्कूलबाट फर्केर खाजा खाई वरी खेल्ने समय हुन्थ्यो ।

केही बास्केट बल खेल्थे, केही टेबल टेनिसका पारखी, केही भोईलिवन र गितार सिक्थे । फुटवलको माहौल हुदा प्राय फुटवल खेल्थ्यौ किनभने फुटवल सावघिक लोकप्रीय खेल थियो । रात रात जाग्राम बसेर बिश्वकपका सम्पूण खेलहरु नछुटाएर हेथ्यौ । होस्टलको डाईनिङ कोठामा आ–आफुले समर्थन गर्ने देशको समूह छुटिटएर बस्थ्यौ र टि भी हेथ्यौ । गोल हान्नासाथ टोल थकीने गरेर कराउथ्यौ । भोली पल्ट बिहान गाली सुन्न तयार रहनु पथ्र्यो । स्थानियहरुले रातभर सुत्न नपाएको उजुरुी होस्टल प्रशासनसंग बिहानै गरि सकेका हुन्थे ।

१९९४ को बिश्वकप शुरु भयो । फुटवलको माहौल थियो । ब्राजिल चौथौ पटक जित्ने होडमा थियो । फाईनलमा इटाली र ब्राजिल भिडदै थिए । विश्व इतिहासमा पहिलो पटक निधारीत समयमा हार जित निधारण हुन नसकेर फाइनल खेल टाईब्रेकर बाट निधारण हुदै थियो । खेल पेनाल्टी सुटवाउटमा पुग्यो । स्टेडियम भित्र र बाहिर रहेका लाखौ मानिसहरुमा कौतुहलता थपियो । सबैले आखा भगवानसंग प्रार्थना गदैथिए । खेल २–२ को बराबरीमा थियो । रोबटोे बाीजयो पेनाल्टी हान्न आए । उनी कप्तान थिए र सबैको आशा र भरोसाका केन्द बिन्दु थिए । उनको सफल र कुशल नेतृत्वले नै इटालीले फाइनलसम्मको यात्रा तय गरेको थियो । तर उनी चुके । उनले हानेको बलले गोल पोष्ट चुम्न सकेन । बल दर्शकदिघामा पुग्यो । उभिएर हेरिरहेका थचक्क बसे । इटालिएन र उनका समर्थकहरुका आखामा आशु स्वभाभिक थियो । पहिले इटाली र अहिले बाज्रिल नै कोराना संक्रमितहरुको सूचिमा रहेको देख्खा ति दिनहरुको याद आउछ ।

२०४६ साल आयो । देशमा प्रजातन्त्र आउदै थियो । जनआनदोलन चकदै थियो । सबैमा उत्साह थियो । स्कूल बन्द भयो । नजिक घर भएकाहरु आ आफना घरतिर लागे । होस्टलमा हामी टाढा घरभएकाहरु मात्र बाकी थियौ । ४–५ कक्षमा पढने भैसकेका थियौ । सिनीयर दाईहरु होस्टल बाट हामीलाई भगाएर दबिअप यगत भएको बेला टोल छिमेकका घरमा डुगा हान्न सिकाउथे । हामी त्यसै गथ्यौ । देशमा प्रजातन्त्र ल्याउन हामा्रे भुमिका डुङ्गा हान्नेमै सिमित भयो । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आए । थुप्रै मन्त्रीहरु फेरिए तर मोफसललाई राजधानीसंग जोडने नौबिसे थानकोट सडक खण्ड खासै फेरिएन । उदेक लाग्छ अहिलेसम्म ज्यूं का त्यू रहेको सो सडक देख्दा ।

पछि हुर्केदै गयौ । कक्षहरु चढदै गयौ । कहिले भागेर बिश्वज्योतिमा फिल्म हेर्न पुग्थ्यौ । कहिले राती भागेर ठमेलका डिस्को थेगहरुमा नाच्न पुग्थ्यौ । अघिकाश पटक भने भागेर चोभारको गुफामा जान्थ्यौ । एकपटक रातको ६ बजे बजेको थियो गुफाबाट निस्कदा । गुफाभित्र पस्दा रुखका हागामा धागो बानेर जान्थ्यौ । धागो पनि हामीसंगै हिडथ्यो । फकर्ने बाटो पहिल्यनउन घागोले निकै काम गथ्र्यो । त्यसदिन गोठाघलाहरुले बाधेको धागो चुडाइदिएछन र हामी हराउन पुगेछौ । गुफाबाट निस्कदा बाचेको खुशी भन्दा होस्टल पुगेर खानुपर्ने पिटाईको डर ज्यादा थियो । त्यसपछि भने गुफा भित्र जाने क्रम भङ्ग भयो ।
एस.यल.सीले गर्दा भाग्ने क्रम भङ्ग भयो । सबैको ध्यान पढाईमै केन्द्रित हुन थाल्यो । एस.यल.सी सकिएको अन्तिम दिन बिदाइ हुन्थयो । सबै रातभर बसेर क्याम्पफायर गदै खाना खायौ । कसैले चिनो स्वरुप अटोग्राफ राख्दै थिए । केही उपहार रुवरुप आफना सामानहरु अरुलाई बाडदै थिए । भोलिपल्टबाट बिहानदेखी नै सबैलाई घर जाने भ्याई न्भाई थियो । अभिभावकहरु आफना बालबच्चाहरु लिन आउने क्रम शुरु भयो । घर जानेहरु लाई गेटसम्म पुगेर अक्माल गदै बिदाई गरयौ र पुन भेटने बाचा गदै छुट्टियौ । धेरै साथीहरु त्यसै दिन घर तर्फ लागे । पछिल्लो दिन घरबाट लिन नआएका केही साथी मात्र बाकी थियौ । अर्को दिन मलाई पनि लिन आउनु भयो । बाहिर रोकेको ट्याक्सी चडनु पूर्व मैले पछाडी फर्केर हेरे । आफु १ दशक भन्दा बढी बसेको होस्टल सुनशान हुदै थियो र छत माथीबाट आफना अभिभावक कुरी रहेका साथीहरुले नियाउरो अनुहार लगाउदै बिदाईका हात हल्लाई रहेका थिए । र आज यतिका बर्षपछि ति पूराना आत्मिय अनुहारहरुसगं सामाजिक संजाल द्य माफत जोडिन पुगेकोमा खुशी लागेको छ ।

प्रकाशित मिती:२०७८ बैशाख १४ गते मंगलबार
 
 

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्