२०७८ जेष्ठ ३ गते सोमवार

प्रधानमन्त्री ओली कोरोना संक्रमितको ट्रेसिङमा



१४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमितको ट्रेसिङमा परेका छन् । उर्जा, जनस्रोत तथा सिचाईंमन्त्री टोपबहादुर रायमाझी र नेता विष्णु रिजाललाई कोरोना पुष्टिभएसँगै प्रधानमन्त्री ओली ट्रेसिङमा परेका हुन् ।

मन्त्री रायमाझीलाई कोरोना भएपछि अहिले उनी उपचार गराइरहेका छन् । नेता रिजालले पनि आफुलाई कोरोना पुष्टि भएको बताएका छन् ।

रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर समेत खिचाएका थिए ।

प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्