२०७८ माघ ९ गते आइतवार

तुलसीपुर उपमहानगरपालिकाले सेवा दिदै आएका ५ वटा शाखा बन्द



१४ वैशाख,दाङ ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ५ वटा शाखा बन्द गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पालिकाले बन्द गर्ने निर्णय गरेको जनाएको छ।

आज देखि शुक्रबारसम्म कार्यालयबाट प्रदान हुदै आएका आर्थिक प्रशासन शाखा, भूमि व्यवस्था शाखा, वातावरण तथा हरियाली प्रर्वद्धन शाखा, भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा र नाप नक्सा इकाई शाखा बन्द भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले बताउनुभयो।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्