१३ बैशाख,घोराही ।
कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि घोराही क्षेत्रका बेकरी उद्योगहरु बन्द हुने भएका छन् । दाङ जिल्ला वेकरी एसोसियसनले घोराही उपमहानगरपालिका अन्तर्गतका उद्योगहरु भोली देखीबन्द गर्ने निर्णय गरेको हो ।
एसोसियसनका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले यही बैशाख २१ गते सम्म पाउरोटी, खस्ता, ब्रेड लगाएत बेकरी बन्द गर्ने निर्णय गरेको हो । त्यसपछि अवस्था अनुसार थप निर्णय लिईने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार