२०८० असोज १७ गते बुधवार

लमहीका विद्यालयहरु अनिश्चितकालका लागि बन्द



१३ बैशाख,घोराही।
बढ्दो कोरोना संक्रमणको जोखिमबाट बच्न लमही नगरपालिकाले तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । नगरको बिपत व्यवस्थापन समितिको आज बसेको बैठकले अर्को निर्णय नभए सम्मका लागि शिक्षण संस्थाहरु सँगै सबै परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, व्यापार व्यवसायलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० देखी साँझ ६ बजे सम्म सञ्चालन गर्ने, होटलहरु राती ८ बजे सम्म खोल्ने निर्णय भएको छ ।

साथै सार्वजनिक सवारीका साधनहरुमा पनि स्वास्थ्य मापदण्ड पालनाको अनुगमन गर्ने, प्रहरी सँगको सहकार्यमा तपाईको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

साथै बैठकले सबै नागरिकहरुलाई अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै निस्कन अपिल गरेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्