२०७८ माघ ३ गते सोमवार

दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु



१३ बैशाख,घोराही ।
दाङमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना युवकको मृत्युभएको छ । कोरोना बिषेश अस्पताल बेलझुण्डिको आईसियुमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ७ का ४० बर्षिय युवकको मृत्युभएको हो ।

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार आज अपरान्ह पौने ४ बजेतिर ति पुरुषको मृत्यु भएको हो । बैशाख १० गतेदेखि बेलझुण्डी अस्पतालको आइसियुमा उपचाररत रहेका उहाँमा निमोनियाको पनि समस्या रहेको ओलीले बताउनुभयो । यो संगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्