१२ बैशाख,घोराही ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७८ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ५ हजार १७ जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।